दफा १७
पूँजी सार्ने
(१) यो ऐन प्रारम्भ हुनु भन्दा अघिल्लो मितिसम्म नेपाल सरकारले संचालन गरेको निजामती प्रभिडेण्ट फण्ड, सैनिक द्रव्यकोष र कर्मचारीको संचयकोषको पूँजी र दायित्व यो ऐन प्रारम्भ भएपछि कोषमा सरेको मानिनेछ । नेपाल सरकारले उक्त कोषहरूको पूँजी र दायित्व सम्बन्धी स्रेस्ता कागजात र यो ऐन अन्तर्गत संचालन गर्ने काम यो ऐन प्रारम्भ भएको ६ महिनाभित्र कोषलाई बुझाई दिनेछ र कोषले यसरी पूँजी, दायित्व र सम्बन्धित स्रेस्ता कागजातहरू बुझिसकेपछि यो ऐन प्रारम्भ हुनुभन्दा अघि कर्मचारीहरूको नाउँमा जम्मा भैराखेको रूपैया कोषमा जम्मा भएको मानिनेछ र यो ऐन अन्तर्गत सो रूपैयाँको संचालन हुनेछ ।
(२) उपदफा (१) बमोजिम कोषले पूँजी र दायित्व बुझिलिनु पर्दा निजामती प्रभिडेण्ट फण्ड, सैनिक द्रव्यकोष र कर्मचारीको संचयकोषबाट लगानी भएको पूँजी मध्ये साँवा, ब्याज वा दुवैको केही वा पूरा उठ्न नसक्ने भन्ने कोषले ठहराएमा सो पूँजी र लगानीका हकमा कोषले मूल्याकंन गरेको मोलले मात्र कोषले त्यस्तो पूँजी लगानी बुझिलिएको मानिनेछ । त्यस्तो पूँजी लगानी कोषले बुझिलिए पनि सो पूँजी लगानीमा नपुग हुन आएको रूपैयाँ जति कोषलाई सङ्घीय सञ्चित कोषबाट प्राप्त हुनेछ ।
(३) उपदफा (२) बमोजिम कम मोल वा नउठ्ने भन्ने ठहराएको पूँजी लगानी बुझी लिनु अगावै नेपाल सरकारलाई त्यस्तो पूँजी लगानीको यथार्थ विवरण अवस्था बजार भाउले मूल्याङ्कन गरी कोषले प्रतिवेदन पेश गर्नुपर्छ ।
(४) उपदफा (३) बमोजिम प्रतिवेदन प्राप्त भएपछि त्यस्तो पूँजी लगानीको रूपैयाँ कोषलाईसङ्घीय सञ्चित कोषबाट तुरून्त प्राप्त हुने गरी त्यस्तो पूँजी लगानी नेपाल सरकारले लिने गरी ३ महिनाभित्र कोषलाई निर्देश पठाउन सक्नेछ । त्यस्तो निर्देशको अनुसरण कोषले गर्नुपर्छ ।